पोखरा - शुक्रवार पोखरामा ९४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक प्रेस विज्ञप्ति अनुसार पोखरा महानगरपालिका पुनः कोरोना संक्रमणको हटस्पटका रुपमा देखा पर्दै गएको हो ।
यस्तै तनहुँका १८ जनाको परीक्षणमा ३ जना, बाग्लुङका ६३ जनाको परीक्षणमा १० जना, नवलपुरका २२ जनाको परीक्षणमा ३ जना, स्याङ्गजाका ३५ जनाको परीक्षणमा ५ जना, गोरखाका ३३ जनाको परीक्षणमा १ जना, पर्वतका ४९ जनाको परीक्षणमा १ जना र म्याग्दी जिल्लाका ३६ जनाको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ८४ पुगेको छ । जसमा ४६६ सक्रिय संक्रमित छन् ।
पछिल्लो ७२ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय १५ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा २०७ जनाले ज्यान गुमाइसकेका छन् ।




