Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ बजारको श्रेष्ठ हार्डवयरमा आगलागी

बागलुङ बजारको श्रेष्ठ हार्डवयरमा आगलागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • ००:१५:४१ बजे
  • 1.8K
    SHARES
  • बागलुङ बजारको  श्रेष्ठ  हार्डवयरमा आगलागी

    बागलुङ- बागलुङ बजारको एक हार्डवयरमा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीबाट श्रेष्ठ हार्डवयरका सामग्री जलेर नष्ट भएका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रण नजिक छ । यद्यपि आगलागीबाट क्षतिको विवरण आउन बाँकी छ। आगलागीको कारण समेत खुल्न सकेको छैन ।

    images

    पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा ३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology