Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सेतो मच्छिन्द्रनाथको टुप्पोमा १२ बजे राति पुर्ण गुरुङ नाम बताउने मानिस चढेपछि हल्लीखल्ली

सेतो मच्छिन्द्रनाथको टुप्पोमा १२ बजे राति पुर्ण गुरुङ नाम बताउने मानिस चढेपछि हल्लीखल्ली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • ०९:०३:४८ बजे
  • 898
    SHARES
  • सेतो मच्छिन्द्रनाथको टुप्पोमा १२ बजे राति पुर्ण गुरुङ नाम बताउने मानिस चढेपछि हल्लीखल्ली

    पोखरा - दरबारमार्गस्थित सेतो मच्छिन्द्रनाथको टुप्पोमा एकजना मानिस चढेपछि हल्लीखल्ली भएको छ। दरबारमार्गस्थित निर्माणाधीन सेतो मच्छिन्द्रनाथको टुप्पोमा एकजना पुरुष शुक्रबार पौने १२ बजे राति पुगेपछि हल्ली खल्ली भएको हो।

    images

    एकजना अपरिचित पुरुष सेतो मच्छिन्द्रनाथको टुप्पोमा पुगेपछि पुगेको प्रहरीले उनलाई करिब २० मिनेटको प्रयासमा तल झारेको छ। प्रहरी बृत्त दरबारमार्गको टोलीले उनलाई अहिले समातेर लगेको छ।

    मच्छिन्द्रनाथको टुप्पोबाट झारिएपछि ती व्यक्तिले आफ्नो नाम गमबहादुर गुरुङ उर्फ पूर्णबहादुर गुरुङ भनेका छन्। उनी त्यहाँमाथि चढ्नुको कारणबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # सेतो मच्छिन्द्रनाथ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology