म्याग्दी प्रबासी संघ (मोना) जापना अन्तर्गत क्षेत्रिय समिती सेन्दाईको पुन: गठित कार्यसमितीको पदभार ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ।
बिभिन्न पेशा,ब्यबासाय,बिधार्थी तथा अन्य भिषामा जापानको सेन्दाईमा बसोबास गर्ने म्याग्देलीहरुको केही दिन पहिला सेन्दाईमा सम्पन्न भेलाले अश्बिन भण्डारीको अध्यक्षतामा पछी ३ सदस्य थप्ने गरी १५ सदस्यीय कार्यसमिती चयन गरेको थियो कार्यसमितीको उपाध्यक्षमा शुबास खत्री,सचिबमा भुपेन पुन,सहसचिब बिकाश सेन्चुरी,कोषाध्यक्ष सरिता रोका सदस्यहरुमा प्रतिक्षापौडेल,सिर्जना मगर,लक्ष्मी घर्ती,प्रतिक्षा किसान, मेख पुन मगर,पदम कार्की,किशोर परियार अनिश गर्बुजा र सल्लाहकारहरुमा प्रकाश बिश्वकर्मा र प्रबिण खत्री रहनु भएको छ।
लामो समय देखी जापानको सेन्दाई शहरमा रहेर बिभिन्न सामजिक क्षेत्रमा सहयोग गर्दै आएको मोना सेन्दाईले गत वर्ष मात्र म्याग्दीका बिभिन्न रोग तथा दुर्घटनाबाट घाईते तथा बिरामाहरुका लागी उपचार तथा गत बर्षको पहिरोबाट पिडितहरुका लागी करिब ५ लाख अभियान चलाएर सहयोग गरेको सॅस्थाका निवर्तमान अध्यक्ष कमल बॅानियाले जानकारी दिनु भएको थियो।
नव निर्बाचित कार्यसमितिको तर्फ बाट कमिटीका अध्यक्ष अश्बिन भण्डारीले प्रतिबद्दता ब्यक्त गर्दै सबैको साथ र सहयोग पाए आगमीदिनमा संस्थालाई अझै सामजिल सेवामा अग्रसर बनाउने र प्रदेशी भुमिमा रहेका सबै म्याग्देलीहरुलाइ हरतह बाट सहयोगका लागी अभिभाबकिय संस्था बनाउने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो।
भेला मोना जापानका अध्यक्ष दिपक कार्कीको प्रमुख आतित्यथा अध्यक्ष कमल बानियॅाको अध्यक्षता सचिब प्रबिण खत्रीको संचालन कोषाध्यक्ष सुबाश केसी को स्वागतमा केही दिन पहिला सम्पन्न भएको थियो भने नव निर्बाचित कार्यसमितीको पदभार ग्रहण आज सम्पन्न भएको संस्थाका नव निर्बाचित अध्यक्ष अश्बिन भण्डारीले जानकारी दिनु भएको छ।