Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गैर आबसिय नेपाली संघ क्षेत्रिय कमिटी सेन्दाईको पहिलो बैठक सम्पन्न

गैर आबसिय नेपाली संघ क्षेत्रिय कमिटी सेन्दाईको पहिलो बैठक सम्पन्न

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

बैशाख ५, २०७८ आइतवार • १८:०३:४४ बजे
  • 2.2K
    SHARES
  • गैर आबसिय नेपाली संघ क्षेत्रिय कमिटी सेन्दाईको पहिलो बैठक सम्पन्न

    प्रदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआबसिय नेपाली संघ (NRNA) क्षेत्रिय कमिटी सेन्दाई जापानको पहिलो बैठक बिबिध निर्णयहरु गर्दै आज सम्पन्न भएको छ।

    images

    संस्थाको दोस्रो भेला सम्पन्न भएको करिब १ महिना पछी कोरोना कहरका बिचमा पर्याप्त सुरक्षा बिधीहरु अपनाएर  सम्पन्न बैठकमापछिल्लो दिनमा मियागी केनमा बढेको कोरोना र यसबाट नेपाली समुदायमा परेको असरका बारेमा छलफल गरी कोरोना तथा अन्यबिबिध समस्याहरु बाट प्रभाबितहरुको सहयोगका लागी आपतकालिन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ।

    यसै बिच अन्य शहर बाट सेन्दाईमा पढाईका लागी केही दिन पहिला सेन्दाईमा आएका तिन जना बिधार्थीमा कोरोना देखिए पछीसमस्यामा परेको अबस्थामा एनआरएन सेन्दाईको तर्फ बाट खाध्यन्न तथा अन्य सामग्री उपलब्ध गराएको र आगमी दिनमा पनिसमस्यामा परेका सबैलाइ सहयोग गर्ने संस्थाको अध्यक्ष हरी गोपाल श्रेष्ठले जानकारी दिदै समस्यामा परेका सबै नेपाली समुदायले यथाशिघ्र एनआरएन सेन्दाईमा सम्पर्क गर्न अनुरोध समेत गर्नु भएको छ।

    संघका अध्यक्ष हरी गोपाल श्रेष्ठको अध्यक्षता,सचिब साबित्री लामाको संचालनमा सम्पन्न बैठकमा उप संयोजक लगाएतकार्यसमितीका सबै सदस्यहरुले समिक्षात्मक रिपोर्टिगं गर्दै अहिलेको मुख्य समस्या कोरोना संकट भएको र सबै मिलेर यसको बिरुद्द हातेमालो गरेर अगाडी बड्नु पर्ने धाराणा राख्नु भएको थियो।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology