Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने सरकारको निर्णय

एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने सरकारको निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • २२:५४:१५ बजे
  • 1.3K
    SHARES
  • एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने सरकारको निर्णय
    सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले यसबारे निर्णय गरेको हो । 

    सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

    यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन । 
     यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ ।

    यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology