पोखरा - दीपाङ एडभेन्चर क्याम्प गएका पोखराका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका वडा नं -२७ स्थित उक्त क्याममा सात जना साथीहरु सहित पुगेका पोखरा -१५ नयाँगाउँ खरवारीका ३३ वर्षीय महेन्द्र घले शनिबार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार घलेसहित सात जनाको टोली शुक्रबार राति अन्दाजी ८ बजेको समयमा क्याम्पमा पुगेकोमा शनिवार बिहान अवेरसम्म पनि नउठेपछि साथीहरुले उठाउने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।