Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुकुम पश्चिम नवराज विक सहित ६ जानाको हत्या प्रकरण

रुकुम पश्चिम नवराज विक सहित ६ जानाको हत्या प्रकरण : अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान सर्वोच्चको आदेश

रुकुम पश्चिम नवराज विक सहित ६ जानाको हत्या प्रकरण : अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान सर्वोच्चको आदेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • ०९:४९:१३ बजे
  • 2.3K
    SHARES
  • रुकुम पश्चिम नवराज विक सहित ६ जानाको हत्या प्रकरण : अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान सर्वोच्चको आदेश

    रुकुम पश्चिम । सर्वोच्च अदालतले रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला र उच्च अदालतको आदेश सोमबार सदर गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आदेश सदरसहित चारजनालाई साधारण तारेखमा राख्न र बाँकी सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेको हो।

    images

    १० महिना अघि रुकुम पश्चिममा नवराज बिकलगायत ६ जनाको हत्या भएपछि ३४ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत मुद्दा जिल्ला अदालत रुकुममा दर्ता भएको थियो। त्यसपछि जिल्ला अदालतले हत्या भएको ठहर गर्दै अभियुक्तहरूलाई अनुसन्धानका लागि थुनामा राख्ने आदेश गरेको थियो। त्यसपछि थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै थुनामा रहेका अभियुक्तहरूले उच्च अदालत सुर्खेतमा निवेदन दर्ता गरेका थिए।

    उच्च अदालत सुर्खेतले समेत पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश गरेको थियो। अनुसन्धानमा बयान गर्दा आफूले कसुर गरेको कुरामा एकअर्काको पोलसमेत गरेको, वारदातस्थलमा उपस्थित भएको स्विकार गरेको, मोवाइल संवाद भएको, सनाखत मुचुल्कासमेतको आधारमा थुनामा राख्ने असार १० मा जिल्ला अदालत रुकुमले आदेश गरेको थियो। नागरिक दैनिकबाट

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology