Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको किलर माउण्टेन अन्नपूर्ण (प्रथम) हिमालको एकैदिन ६७ जनाले सफल आरोहण

म्याग्दीको किलर माउण्टेन अन्नपूर्ण (प्रथम) हिमालको एकैदिन ६७ जनाले सफल आरोहण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • ०९:५६:०५ बजे
  • 1.7K
    SHARES
  • म्याग्दीको किलर माउण्टेन अन्नपूर्ण (प्रथम) हिमालको एकैदिन ६७ जनाले सफल आरोहण

    गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् ।

    images

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए ।

    पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।

    अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो । अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए ।

    सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए ।

    श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर आरोहण गर्न टोली सफल भएको उनको भनाइ छ ।

    सुन्दर ठाउँमा अवस्थित अन्नपूर्र्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे ।

    फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

    आरोही पत्रकार श्रेष्ठलाई म्याग्दीमा सम्मान

    अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमानी बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सोमबार भव्य सम्मान गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने पहिलो महिला पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङवासी र नेपाल पत्रकार महासङ्घ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो ।

    नेपाल पत्रकार महासङ्घ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सफल भएको बताइन् । साहसले नै सफल आरोहण भएको उनको भनाइ छ ।

    पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेकाले आफूलाई खुशी लागेको उनले प्रतिक्रिया दिइन् । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपूर्ण गाउँपालिकालगायत सहयोगी सबैलाई उनले धन्यवाद दिइन् ।

    अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए । यस वर्ष छ नेपाली महिलासहित सबैभन्दा धेरैले चुचुरोमा पाइला पुगेको वर्षका रूपमा लिनुपर्ने आरोहणका मुख्य गाइडर पेम्वा शेर्पाले बताए । पेम्बा पनि पहिलोपटक अन्नपूर्ण हिमाल चढेका हुन् ।

     

  • सम्बन्धित विषय:

  • # आरोहण
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology