Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले एक वर्षीया छोरीको मृत्यु,आमा गम्भीर घाइते

खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले एक वर्षीया छोरीको मृत्यु,आमा गम्भीर घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • १६:१२:३७ बजे
  • 1.6K
    SHARES
  • खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले एक वर्षीया छोरीको मृत्यु,आमा गम्भीर घाइते

    सोमबार बेलुका भान्सामा खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले बच्चाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन ।

    images

    राप्ती गाउँपालिका वडा नं। ५ कालापानीकी ४४ वर्षीया आमा पुनम सुनारले खाना पकाउँदै गर्दा अँगेनामा बालेको आगो सारीमा सल्किन पुग्दा उनी गम्भीर घाइते भएकी हुन भने एक वर्षीया छोरी बिना सुनारको उपचारका क्रममा मृत्यु भएको हो ।

    जलेर गम्भीर अवस्थामा रहेकी उनकी एक वर्षीया छोरी बिना सुनारको उपचारका क्रममा लमही अस्पतालमा मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।

    भट्टका अनुसार आमाले बच्चालाई काखमा लिएर खाना पकाउँदै गर्दा सारीबाट आगो सल्किएर आमा-छोरी जेलेर गम्भीर अवस्थामा उद्दार गरिएको थियो।

    घटना घटेको केहीपछि राति ९ बजेतिर मात्रै आगलागीबारे सूचना दिइएको हुँदा समयमै पीडितको उद्दार हुन नपाएको प्रहरी निरीक्षक भट्टले बताए।

    इप्रका भालुबाङका असई हरि पाण्डेले घाइतेको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारको लागि लमही लगिएको जानकारी दिए।

    सारीबाट सल्केको आगोले आमा-छोरीको शरीरको विभिन्न भाग जलेको भए पनि अन्य भान्सा कोठा तथा घरमा आगलागी भने नभएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आगो
  • # बालकको मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology