Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलत्कार आरोपमा पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित सदस्य एव् सम्पादक पत्रकार प्रकाउ

बलत्कार आरोपमा पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित सदस्य एव् सम्पादक पत्रकार प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ८, २०७८ बुधवार • १२:५३:३१ बजे
  • 1.5K
    SHARES
  • बलत्कार आरोपमा पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित सदस्य एव् सम्पादक पत्रकार प्रकाउ

    रुपन्देही - रुपन्देहीमा बलत्कार आरोपमा अनलाईन पत्रिकाका सम्पादक प्रकाउ परेका छन। पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित सदस्य बेलबासे आर्थिक बुलेटिन अनलाईन पत्रिकाका सम्पादक पक्राउ परेका हुन ।

    images

    महासंघ रूपन्देहीको कार्यसमिति सदस्यमा चैत २५ गते निर्वाचित पुनहरि बेल्वासे जबरजस्ती करणीको अभियोगमा पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।

    नेपाल एजुकेशनल ट्रेनिङ सेन्टरका संचालक समेत रहेका बेलबासेलाई इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई जबरजस्ती गरेको आरोप छ । युवतीले जबरजस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

    बेलबासेलाई जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

    पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जबरजस्ती करणीको आरोप लगाएको प्रहरीको भनाइ छ ।

    अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाईन पत्रिकाका सम्पादक हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology