Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ८, २०७८ बुधवार • १३:२६:५२ बजे
  • 991
    SHARES
  • तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु

    तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा ती वृद्धा सख्त घाइते भएकी थिइन् । दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

    ठक्कर दिने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # मोटरसाइकलको ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology