Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्वकै लामो दावी गरिँदै आएको बागलुङ पर्वत जोड्ने झोलुङ्गे पुल तर्न २० रुपैया कर तिर्नुपर्ने

विश्वकै लामो दावी गरिँदै आएको बागलुङ पर्वत जोड्ने झोलुङ्गे पुल तर्न २० रुपैया कर तिर्नुपर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • ०९:३५:३५ बजे
  • 781
    SHARES
  • विश्वकै लामो दावी गरिँदै आएको बागलुङ पर्वत जोड्ने झोलुङ्गे पुल तर्न २० रुपैया कर तिर्नुपर्ने

    बागलुङ -सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ पर्वत जोड्ने बाङ्गेचौर अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

    images

    अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए। बागलुङ पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology