Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

९० लाख वरावरको खैरो हिरोइनका क्याप्सुल पेट भित्र निलेको अवस्थामा विमानस्थलबाट लामा पक्राउ

९० लाख वरावरको खैरो हिरोइनका क्याप्सुल पेट भित्र निलेको अवस्थामा विमानस्थलबाट लामा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १८:२६:१५ बजे
  • 2.0K
    SHARES
  • ९० लाख वरावरको खैरो हिरोइनका क्याप्सुल पेट भित्र निलेको अवस्थामा विमानस्थलबाट लामा पक्राउ

    पोखरा - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो हेरोइनका क्याप्सुल सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका १ का ४९ वर्षीय दावा लामा रहेका छन । दावा लामाको दिसाबाट प्रहरीले ९३ वटा खैरो हेरोइनका क्याप्सुल निकालेको हो ।

    images

    गत चैत २६ गते एयर अरेवियाबाट सारजाह हुँदै नेपाल आएका लामा विमानस्थलबाटै पक्राउ परेका थिए।

    उनले खैरो हेरोइनका क्याप्सुल निलेर आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ लगतै उनलाई प्रहरी अस्पतालमा लगेर सिटिस्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएको थियो। त्यसपछि उनलाई दुई दिनसम्म अस्पतालमै राखिएको ब्युरोका एसपी ऋषिराम कँडेलले बताए।

    २८ गतेसम्ममा उनको दिसाबाट ९३ वटा क्याप्सुल निस्किएको र तौल गर्दा ९०० ग्राम भएको लागुऔषध नियन्त्रण व्युरोले जनाएको छ। उनको साथबाट अमेरिकन डलर ३०० पासपोर्ट र हवाइटिकट पनि बरामद गरेको थियो।

    उनको साथबाट बरामद भएको लागुऔषधको मूल्य करिव ९० लाख रुपैयाँ रहेको ब्युरोले जनाएको छ।

    दावा यसअघि २०६५ चैत ३० गते सेतो हेरोइनसहित पक्राउ परेका थिए। त्यतिबेला उनीसहित ६ जना नेपाली र ३ जना विदेशी पक्राउ परेका थिए। उक्त मुद्दामा ५ वर्ष कैद भुक्तान गरेर छुटेका दावा त्यसपछि पनि लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको हो।

    उक्त खैरो हेरोइन कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले धादिङको सत्यदेवीकी ५९ वर्षीया काइली, मायाँ, फुलमाया, कालिमाया, देविमायाँ भन्ने गोपी तामाङ, धादिङ रुवी भ्याली ३ सेर्तुङकी ४५ वर्षीया होनी माया तामाङनी र लम्जुङका ५२ वर्षीय वुद्दिबहादुर गुरुङलाई पनि पक्राउ गरेको छ।

    गोपी पनि २०६५चैत ३० गतेको मुद्दामा र बुद्दि २०६९ भदौ ३ गते पक्राउ परेको लागुऔषध मुद्दाका फरार अभियुक्त हुन्। उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ

  • सम्बन्धित विषय:

  • # खैरो हिरोइन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology