Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बंगुरलाई आहार खोज्न जादाँ एक महिलाको भीरबाट लडेर मृत्यु

बंगुरलाई आहार खोज्न जादाँ एक महिलाको भीरबाट लडेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १३:४९:०५ बजे
  • 3.0K
    SHARES
  • बंगुरलाई आहार खोज्न जादाँ एक महिलाको भीरबाट लडेर मृत्यु

    संखुवासभा । बंगुरलाई आहार खोज्न जादाँ संखुवासभाको पाचखपन २ स्याबुनमा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

    images

    बंगुरलाई आहार खोज्न गएकी ५८ वर्षीया रानीमाया तामाङको पाचखपन ३ स्थित ढाडेखोला भीरबाट लडेर मृत्यु भएको श्रीमान् भोलामान तामाङले बताउए ।

    साँझमा निस्किएकी श्रीमती रातिसम्म नआएपछि खोज्न जाँदा उनलाई मृत अवस्थमा भेटिएको थियो । रानीमानयाको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology