Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्यारामाउण्ट बोर्डिङ स्कुलको होस्टेलमा बसेकी विद्यार्थीको अचानक मृत्यु

प्यारामाउण्ट बोर्डिङ स्कुलको होस्टेलमा बसेकी विद्यार्थीको अचानक मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ११, २०७८ शनिवार • २१:४९:०९ बजे
  • 8.1K
    SHARES
  • प्यारामाउण्ट बोर्डिङ स्कुलको होस्टेलमा बसेकी विद्यार्थीको अचानक मृत्यु

    बुटवल - एक निजी विद्यालयमा अध्ययनरत छात्राको अचानक मृत्यु भएको छ।

    images

    रूपन्देहीको तिलोत्तमाको प्यारामाउण्ट बोर्डिङ स्कुलको होस्टेलमा बसेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको विद्यालयका सहप्राचार्य लिलाधर किराँतले जानकारी दिए।

    बिरामी भएपछि अभिभावकको जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको खबर आएको उनले बताए।

    बालिकामा ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या रहेको थियो। विद्यालयबाट ल्याइएकी उनलाई नजिकैको क्रिमसन अस्पतालमै लैजाँदै गर्दा मृत्यु भएको बालिकाका आफन्त भास्कर भण्डारीले जानकारी दिए।

    छात्राको मृत्युपछि विद्यालयमा तनाव उत्पन्न भएको छ। विद्यालयमा पूर्वविद्यार्थी र आफन्तले विद्यालय बन्द गर्न माग गर्दै घेराउ र नाराबाजी गरेका छन्।

     

  • सम्बन्धित विषय:

  • # अचानक मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology