Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ मादी नदीमा पौडी खेल्ने क्रममा स्याङ्जा घर भइ गुणादी बस्ने विक बेपत्ता

तनहुँ मादी नदीमा पौडी खेल्ने क्रममा स्याङ्जा घर भइ गुणादी बस्ने विक बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ११, २०७८ शनिवार • २२:१२:५८ बजे
  • 2.1K
    SHARES
  • तनहुँ मादी नदीमा पौडी खेल्ने क्रममा स्याङ्जा घर भइ गुणादी बस्ने विक बेपत्ता

    दमौली- तनहुँको व्यास नगरपालिका ५ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा आज एक युवक बेपत्ता भएका छन्।

    images

    बेपत्ता हुनेमा स्याङ्जा घर भइ हाल म्याग्दे गाउँपालिका १ गुणादी बस्ने १८ वर्षीय रमेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    ट्र्याक्टरमा सहचालकको काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा पुगेका थिए। विकसँगै पौडी खेल्दै गरेका अर्का एक युवक बाहिर निस्किए पनि विक धेरै बेरसम्म ननिस्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

    व्यास नगरपालिका ५ चापाघाटस्थित कालीभञ्जन गण (इ) सेनाको टोलीले बेपत्ता विकको खोजी कार्य गरे पनि फेला पार्न सकेन। गणबाट खटिएका पाँच नेपाली सेनाले मादीमा विकको खोजतलास गरिरहेका छन्।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology