Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुस्ताङमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा पोखराका युवकको मृत्यु

मुस्ताङमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा पोखराका युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ११, २०७८ शनिवार • २२:३४:५० बजे
  • 1.6K
    SHARES
  • मुस्ताङमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा पोखराका युवकको मृत्यु

    मुस्ताङ - मुस्ताङमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा पोखराका युवकको मृत्यु गएको छ ।

    images

    शुक्रबार दिउँसो मुस्ताङको थासाङ गाँउपालिका–४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालक पोखरा २५ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृत्यु भएको हो ।

     म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका  मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कालिगण्डकी खोंचमा खसेर गम्भीर घाइते भएका पौडेललाई लेते स्वास्थ्य चौकी पठाइएको थियो । त्यहाँ लगिएपछि उनलाई मृत घोषणा गरिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology