Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोलाबाट ल्याएको माछा पकाएर खाएपछि एकै घरका दिदीबहिनीको मृत्यु

खोलाबाट ल्याएको माछा पकाएर खाएपछि एकै घरका दिदीबहिनीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • ११:००:४७ बजे
  • 664
    SHARES
  • खोलाबाट ल्याएको माछा पकाएर खाएपछि एकै घरका दिदीबहिनीको मृत्यु

    गढवा - झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका तुलसीपुर राजपुर गाउँपालिका ६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।

    images

    दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनुभयो ।

    उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology