Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर एक कर्मचारीको घट्नास्थलमै मृत्यु

तनहुँमा पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर एक कर्मचारीको घट्नास्थलमै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • ११:१५:४९ बजे
  • 10.1K
    SHARES
  • तनहुँमा पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर एक कर्मचारीको घट्नास्थलमै मृत्यु

    तनहुँ - तनहुँमा करेन्ट लागेर एक कर्मचारीको घट्नास्थलमै मृत्यु भएको छ । शुक्लागण्डकी-११ भुस्नापुरस्थित स्यानीभञ्ज्याङ क्षेत्रमा विद्युत प्रवाहमा समस्या आएपछि पोलमा चढेर बनाउने क्रममा छिनेको तारबाट अकस्मात करेन्ट लागेर सोही ठाउँ बस्ने बर्ष ५८ का युवराज शर्माको मृत्यु भएको हो ।

    images

    ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मृतक शर्मा ग्रामिण सामुदायिक उपभोक्ता ढोरफिर्दीका कर्मचारी हुन्। घटना आइतवार विहान ११ बजेतिर भएको हो ।

    भुस्नापुरस्थित स्यानीभञ्ज्याङ क्षेत्रमा विद्युत प्रवाहमा समस्या आएपछि पोलमा चढेर बनाउने क्रममा छिनेको तारबाट अकस्मात करेन्ट लागि शमाको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।उनका अनुसार घट्ना भएको खबर प्राप्त भएसंगै तत्काल प्रहरी टोली परिचालन गरी उद्धारको कार्य भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology