Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • ११:५८:५२ बजे
  • 1.4K
    SHARES
  • रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

    रुपन्देही - टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ। रुपन्देहीको कोटिहवामा आइतबार भएको दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्।

    images

    भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले बताए।

    दुर्घटनामा परी तिलोत्तमा नगरपालिका ५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गङ्गाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य चारको क्रिमसन अस्पतालमा उपचार भइरहेको बताइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology