बैतडी - बैतडीमा जन्ती जिप दुर्घटना हुदँ एक जनाको मृत्यु भएको छ। कञ्चनपुरबाट जन्ती बोकेर बैतडीको गोकुलेश्वर फर्कंदै गरेको सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको थियो। बैतडी दशरथचन्द नगरपालिका ९ ग्वालेकका ५५ वर्षीय देवीलाल जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा भएको जिप दुर्घटनामा १२ जना घाइते थिए। जिप चालक सोही ठाउँका २५ वर्षका तारनदत्त जोशी गम्भीर घाइते छन्। उनको डडेलधुरा अस्पतालमा उपचार जारी छ।
प्रहरी निरीक्षक किशोरसिंह ऐरका अनुसार दुलहा-दुलही पनि घाइते छन्। उनीहरूसहित १० जना घाइतेको पाटनस्थित स्वास्थ्य चौकीमा उपचार जारी छ। उनीहरू सामान्य घाइते छन्।