Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा एकै दिन थपिए ५८ संक्रमित

गण्डकी प्रदेशमा एकै दिन थपिए ५८ संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७७ शनिवार • ११:५२:५६ बजे
  • 1.5K
    SHARES
  • गण्डकी प्रदेशमा एकै दिन थपिए ५८ संक्रमित

    मयूरपाटी -गण्डकी प्रदेशका ७ जिल्लामा एकै दिन ५८ कोरोना संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङमा गरी ५८ नयाँ संक्रमित थपिएका हुन् ।
    स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार तनहूँमा सबैभन्दा बढी २५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ऋषिङ गाउँपालिकाका २१ संक्रमित रहेका छन् । संक्रमित २१ जना नै पुरुष हुन् । संक्रमण पुष्टि भएकामध्ये १ वर्षे बालकसहित ३३ वर्ष उमेर समुका छन् । यस्तै तनहूँकै ब्यास नगरपालिकामा २४ र २८ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।
    नवलपुरमा आज १६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये बुलिङटार गाउँपालिकाका ११ जना रहेका छन् । संक्रमित सबै पुरुष हुन् उनीहरको उमेर समूह १७देखि ३८ सम्मको रहेको छ । मध्यविन्दु नगरपालिकामा २५ र ४५ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै विनयी त्रिवेणी गाउँपालिकामा २१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
    देवचुली नगरपालिकामा १९ वर्षीय एक पुरुषमा गरि नवलपुरमा १६ संक्रमित थपिएका छन् ।

    images

    गोरखाको भीमसेन नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ । २२ देखि ३८ वर्ष उमेर समूहका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस्तै म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । कास्कीको माँदी गाउँपालिकामा ४१ वर्षीय पुरुष र १९ महिनाकी बालिकामा समेत कोरोना पुष्टि भएको छ ।

    स्याङ्जामा पालिका नखुलेका एक २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै बागलुङ काठेखोला गाउँपालिकाका ७ पुरुष र ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology