Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी

कास्कीमा बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १४, २०७८ मंगलवार • ११:१९:५५ बजे
  • 1.6K
    SHARES
  • कास्कीमा बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी

    पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

    images

    कास्कीमा संक्रिय संक्रमितको संख्या ६ सय ६४ नाघेको छ । कास्कीमा पछिल्लो २० घन्टामा मात्रै १ सय २० जना संक्रमित थपिएका छन् । सोमबारमात्रै ४ जनाको ज्यान गएको छ । गण्डकी प्रदेशमा २ सय १५ जनाको मृत्यु हुँदा कास्कीमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २० पुगिसकेको छ ।

    सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । कोरोना संक्रमणको दर ह्यात्तै बढेपछि आर्थिक गतिविधि ठप्प नहुने गरी निषधाज्ञा जारी गर्ने निर्णय गरिएको सहायक सिडिओ श्रीनाथ पौडेललेबताए ।

    अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सवारी चलाउनुपर्नेछ ।

    सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ  सेवा तथा स्थानहरु बन्द हुनेछन् ।

    विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

    दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन् ।

    बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology