सुर्खेत - नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका १२ स्थित बटाला चोक नजिकै सेनाको कन्टेनरको ठक्करबाट स्थानीय बर्ष ४७ की मनिकला भट्टको मृत्यु भएको हो ।
सुर्खेत विमानस्थल भित्र रहेको नेपाली सेनाको राजदल गणको १ ग ३४८९ नम्बरको उक्त ट्रकले मनिकलालाई ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ । चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले नाराबाजी गरेसँगै सो क्षेत्र तनावग्रस्त बनेको छ।