Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दमौलीबाट भीरकोट जाँदै गरेको जीप दुर्घटना एकको मृत्यु, १६ जना घाइते

दमौलीबाट भीरकोट जाँदै गरेको जीप दुर्घटना एकको मृत्यु, १६ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १४, २०७८ मंगलवार • १६:५६:२५ बजे
  • 1.8K
    SHARES
  • दमौलीबाट भीरकोट जाँदै गरेको जीप दुर्घटना एकको मृत्यु, १६ जना घाइते

    दमौली- तनहुँको दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ऋषिङ १ धारापानीमा दुर्घटना हुँदा अन्य  १६ जना घाइते भएका छन् ।

    images

    दिउँसो करिब तीन बजेको समयमा ग १ ज ७६०० नम्बरको जीप भीरबाट करिब एक सय मिटर तल खसेको हो ।

    घाइते एककोउपचारको क्रममा दमौली अस्पतालमा ज्यान गएको प्रहरी स्रोतले बताएको छ । अन्दाजी २८ वर्षीया ती महिलाको नाम ठेगाना भने खुलिसकेको छैन।

    घाइते चारजनालाई रत्नहरी र बाँकीको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केहीलाई पोखरा पठाइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology