Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा

निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • ११:२९:२६ बजे
  • 766
    SHARES
  • निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा

    कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । 

    images

    प्रशासनले चैत १५ देखि २१ गतेसम्म कास्की जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा आदेश जारी गरेको छ । सोही अनुरूप प्रहरीले बिहान ५ बजेदेखि नै अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुभास हमालले बिहानदेखि हालसम्म ४१४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । तीमध्ये ८२ वटा चारपांग्रे छन्, बाँकी २ पांग्रे हुन् ।   कास्कीमा सार्वजनिक तथा निजी सवारीसाधन चलाउन जोरबिजोर लागू गरिएको छ । बुधवार अत्यावश्यक कामबाहेक बिजोर सवारीसाधन मात्र चल्न पाउने छन् । 

    शहरका मुख्य चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पहिलो दिन भएकाले अटेर गर्नेहरूलाई केहीबेर होल्ड गराएर राखिएको र भोलिपल्ट पनि अटेर गरे कडा कारबाही गरिने प्रवक्ता हमालले बताए ।

    प्रेस तथा ड्यूटीमा निस्किएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई छुट गरिएको छ । कुनै अत्यावश्यक कामको लागि निस्किएकालाई पीरमर्का बुझेर छाड्ने गरिएको छ । 

    पोखरामा शिक्षण संस्था, उद्योगधन्दा, पसल, पार्टी प्यालेस बन्द भएका छन् । स्वास्थ्य सामग्रीका पसल, उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ देखि राति ८ बजेसम्म खोल्न छुट दिइए पनि त्यसबाहेक बाहेकका अन्य पसलहरू बन्द गरिएको छ ।

    अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न प्रशासनले निषेध गरेको छ ।

    होटल तथा रेस्टुरेन्टमा बिहान ८ देखि राति ८ बजेसम्म टेक–अवे सेवा मात्र सञ्चालन हुनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology