Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा घुम्न आएका युवायुवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

पोखरा घुम्न आएका युवायुवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • १४:०८:३६ बजे
  • 5.8K
    SHARES
  • पोखरा घुम्न आएका युवायुवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

    पोखरा - पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना युवायुवतीको मृत अवस्थामा फेला परेका छन् । पोखरा बुलौदी स्थित जङ्गलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा अन्दाजी ४० वर्षका जिल्ला तेर्हथुम मोरङ गाउपालिका ५ घर भएका त्रिशोर भट्टराई र झापा घर भकी वर्ष २५ कि दिपा भट्टराई रहेकी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुबास कुमार हमालले जानकारी दिए।

    images

    जमिन देखि अन्दाजी ४५ मिटरको उचाइमा रहेको रुखको एउटा हाँगामा सेतो कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको हमालले बताए ।

    प्रवक्ता हमालका अनुसार उनीहरु पोखराको लेकसाइडमा रहेको एउटा होटलमा ११ गते देखि बस्दै आएका थिए। उनीहरु बेलुका अन्दाजी ९:३० बजे सम्म होटलमै नास्ता र मादक प्रदार्थ लिएका थिए। होटल संचालकका अनुसार उनीहरु हामी नजिकै घुम्न जान्छौ भनेर होटलबाट निस्किएका थिए।

    होटल संचालकले बेलुकाको समयमा नजानुस सबै बन्द भैसक्यो भन्दा पनि जवर्जस्ती होटलबाट निस्किएको बताए ।

    प्रहरीको पारम्भिक अनुसन्धानका क्रममा उनीहरुको गत मंसिरमा विवाह भएको र मृतक त्रिशोर भट्टराईको पहिलो श्रीमतिले बहुबिवाहको मुद्दा तेर्हथुम जिल्लामा हालेपछी केहि समय हिरासतमा बसी धरौटीमा छुटेको प्रवक्ताले बताए । धरौटीमा छुटेपछी मानसिक तनावमा रहेका भट्टराई केही दिन अघि मात्र पोखरा आएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # झुन्डिए
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology