Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओछ्यानमा आगो सल्किन गई सात महिने बालकको मत्यु

ओछ्यानमा आगो सल्किन गई सात महिने बालकको मत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १५, २०७८ बुधवार • १५:१९:३२ बजे
  • 1.8K
    SHARES
  • ओछ्यानमा आगो सल्किन गई सात महिने बालकको मत्यु

    महोत्तरीको पिपरा गाउँपालिका-५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ।

    images

    मृत्यु हुनेमा पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

    गएराति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछ्यान नजिकै बालेर राखिएको दीयो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए।

    घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology