पोखरा - गोरखाका ९२ वर्षीय वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । शहीदलखन गाउँपालिका ७ डाँडागाउँका क्षेत्रनारायण श्रेष्ठले नाम्लोको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बुधबार बिहानै झुण्डिएको अवस्थामा शव भेटिएको डीएसपी प्रकाश दाहालले जानकारी दिए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।