Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाँकेमा भयाभह बन्दै कोभिड

बाँकेमा बुधबार राति र बिहीबार बिहान गरी ६ संक्रमितको मृत्यु

बाँकेमा बुधबार राति र बिहीबार बिहान गरी ६ संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १६, २०७८ बिहिवार • १२:०७:१७ बजे
  • 970
    SHARES
  • बाँकेमा बुधबार राति र बिहीबार बिहान गरी ६ संक्रमितको मृत्यु

    नेपालगन्ज - बाँकेमा बुधबारयता मात्र कोरोनाले थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा बुधबार राति र बिहीबार बिहान गरी ६ जनाको मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बताए । रुपा गहतराजले कान्तिपुरमा लेखेका छन ।

    images

    उनका अनुसार मृत्यु हुनेहरू नेपालगन्ज, कोहलपुर, बर्दियाको बढैयातालका छन् ।

    नेपालगन्ज उपमहानगरपालिका १३ की ५८ वर्षीया महिलाको बुधबार बेलुकी ८:५५ बजे मृत्यु भएको हो । वैशाख १२ गते पीसीआर जाँच गराएकी उनको भोलिपल्ट पोजिटिभ रिपोर्ट आएको थियो ।

    भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा राति ९ बजे एक एक जनाको मृत्यु भएको छ । तीमध्ये एक जना नेपालगन्ज उपमहानगरपालिका ४ का ६० वर्षीय पुरुष छन् । वैशाख ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यस्तै कोहलपुर नगरपालिका ११ की ४३ वर्षीया महिलालाई वैशाख १५ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएकोमा उनको मृत्यु भएको हो ।

    भेरी अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका ९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते बागेश्वरी ल्याबमा पीसीआर जाँच गरिएका उनी ११ गते भेरीमा भर्ना भएका थिए । उनको राति १० बजे मृत्यु भएको हो ।

    भेरी अस्पतालमै बर्दिया जिल्ला बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ९ गते भेरीमा पीसीआर जाँच गरेका उनी १५ गते भर्ना भएका थिए । उनको राति साढे १ बजे मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

    त्यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते पीसीआर जाँच गराएका उनी १५ गते अस्पताल भर्ना भएकोमा बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology