Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा स्कुटर ओह्रालोमा ब्रेक फेल भई दुर्घटनामा २ जनाको मृत्यु

तनहुँमा स्कुटर ओह्रालोमा ब्रेक फेल भई दुर्घटनामा २ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १६, २०७८ बिहिवार • १२:१५:४० बजे
  • 18.3K
    SHARES
  • तनहुँमा स्कुटर ओह्रालोमा ब्रेक फेल भई दुर्घटनामा २ जनाको मृत्यु

    तनहुँ - तनहुँमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

    images

    रिसिङ गाउँपालिका १ धारापानीमा स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा रिसिङ ४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

    सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापाल हुन भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयकी शिक्षिका हुन ।

    रिसिङ ४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर ओह्रालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइते भएका सन्देशलाई दमौली अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology