Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव कंकाल

धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव कंकाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • १८:००:५९ बजे
  • 1.6K
    SHARES
  • धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव कंकाल

    नेपाली सेनाको हिमाल सफाइ अभियानले धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एक हेलिकप्टर र मानव कंकाल फेला पारेको छ ।

    images

    नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको जनाएको छ । नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    हेलिकप्टरसँगै दुई मानव कंकाल पनि फेला परेको नेपाली सेनाले जनाएको छ । यसवर्षको सिजन सुरु भएसँगै नेपाली सेनाले हिमाल सफाइ अभियान थालेको छ । गतवर्ष कोरोना कहरकै कारण आधा सामग्री खरिद गरे पनि हिमाल सफाइ अभियान भने रोकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # मानव कंकाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology