कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि नेपालका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा (लकडाउन) गरिएको छ । कोरोना भाइरसको पहिलो लहरमा गतवर्ष देशव्यापी निषेधाज्ञा भएपनि यसपटक भने प्रमुख जिल्ला अधिकारीहरुले मन्त्रिपरिषद्को निर्णयका आधारमा संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर लकडाउन जारी गरेका छन् ।
वैशाख ७ गतेबाट बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२, १३, र १४ स्थित साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा घोषणा गरिएको छ । बाँके जिल्लामा बैशाखको १३ गतेका दिनबाट निषेधाज्ञा भएपनि त्यहाँ कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ ।
त्यस्तै सुर्खेतमा बैशाखको १४ गते निषेधाज्ञा गरिएको थियो । कोरोना माहामारी बढेका १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । हुन् । बाँकेमा वैशाख १३ बाट निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतमा १४ गतेबाट अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा लागू भएको छ । वैशाख १६ बाट कैलाली, पर्सा, कञ्चनपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ ।
कास्कीमा १५ गतेबाट शुरु भएको निषेधाज्ञा जारी छ । दार्चुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको विभिन्न भागमा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । शुक्रवारबाट दाङ र पाल्पामा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै वैशाख १७ मा रातको १२ बजेबाट लागू हुनेगरी सुनसरी जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।
जाजरकोटमा १८ गतेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा भएको छ । झापा, सल्यान, रुकुम पश्चिम र डडेलधुराका प्रमुख जिल्ला अधिकारीले वैशाख १९ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका छन् ।