Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइसोलेसनमा राख्ने तयारी

स्याङ्जामा ३ प्रहरीमा कोरोना ,आइसोलेसनमा राख्ने तयारी

स्याङ्जामा ३ प्रहरीमा कोरोना ,आइसोलेसनमा राख्ने तयारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • १९:१४:०४ बजे
  • 1.2K
    SHARES
  • स्याङ्जामा ३ प्रहरीमा कोरोना ,आइसोलेसनमा राख्ने तयारी
    स्याङ्जामा ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार ३३, ३४ र ३८ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो । 

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कणेलका अनुसार संक्रमण प्रहरी कर्मचारीहरुलाई करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा राख्ने तयारी भैरहेको जानकारी दिएका छन् । 

    प्रहरी कार्यालयभित्र रहेका रहेका सबै जनाको स्वाब परीक्षणका लागि लिइएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा हाल ५५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology