Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धनुषामा निषेधाज्ञा जारी"सवारी साधन आवागमनमा पूर्ण रोक, बजार व्यवसाय बिहान १० बजेसम्म "

धनुषामा निषेधाज्ञा जारी"सवारी साधन आवागमनमा पूर्ण रोक, बजार व्यवसाय बिहान १० बजेसम्म "

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १२:१७:०९ बजे
  • 2.0K
    SHARES
  • धनुषामा निषेधाज्ञा जारी"सवारी साधन आवागमनमा पूर्ण रोक, बजार व्यवसाय बिहान १० बजेसम्म "

    धनुषा - धनुषामा मंंगलबारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

    images

    जिल्ला प्रशासन कार्यालय, धनुषामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तिव ग्रतिमा फैलिन थालेपछि १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए।

    बाँस्तोलाका अनुसार वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको हो।

    यस अवधिमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइने प्रजिअ बाँस्तोलाले बताए। त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने प्रजिअ बाँस्तोलाले बताए।

    बजार व्यवसाय सञ्चालनमा निश्चित समय तोकिए पनि औषधि पसलहरू नियमित सञ्चालन गर्न पाउने उनले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology