Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जा वालिङमा एक साताका लागि जनस्वास्थ्य विपद् अवस्था घोषणा

स्याङ्जा वालिङमा एक साताका लागि जनस्वास्थ्य विपद् अवस्था घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १२:३१:१७ बजे
  • 1.2K
    SHARES
  • स्याङ्जा वालिङमा एक साताका लागि जनस्वास्थ्य विपद् अवस्था घोषणा

    स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि जनस्वास्थ्य विपद् अवस्था घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो ।

    images

    वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड १९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो । गए राति १२ बजेदेखि लागू हुने गरी यही वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो घोषणा गरिएको हो ।

    वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको र्यापिड रेस्पोन्स टिमले कम्तीमा पनि दुई साताका लागि बन्दाबन्दी गर्न सिफारिस गरेअनुसार नगरस्तरीय जोखिम व्यवस्थापन केन्द्रले एक साताका लागि जनस्वास्थ्य विपद् अवस्था घोषणा गरी पूर्ण बन्दाबन्दीका लागि जिल्ला जोखिम व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

    प्रवक्ता काफ्लेका अनुसार जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी वालिङ नगरपालिकाको सिमानाभित्र सो अवस्था घोषणा गरिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology