पोखरा- कोरोना संक्रमणबाट पोखराका पाचँ जना सहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा न १० का एक महिला , पोखरा १६ का एक महिला एक पुरुष , पोखरा १९ मा एक पुरुष र पोखरा २६ मा एक महिला सहित गण्डकी प्रदेश भर आठ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्थास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३१ पुगेको छ ।
