Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न

ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७८ आइतवार • १४:१८:२८ बजे
  • 1.6K
    SHARES
  • ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न

     ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार विश्व श्रमदिवसको अवसर पारेर भर्चुअल  मार्फत महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले श्री सुरेन्द्र श्रेष्ठ ज्युको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ ।

    images

    उक्त समिति डम्बर चौलागाईं (प्रथम उपाध्यक्ष), सम्झो शेर्पा (महिला उपाध्यक्ष), सुबाष श्रेष्ठ (द्वितीय उपाध्यक्ष), जितेन्द्र धमला (सचिव), सुनिल बुढाथोकी, (सहसचिव), रमेश तामाङ (कोषाध्यक्ष), रुद्र प्रसाद धमला (सह–कोषाध्यक्ष) रहेका छन् । त्यसै गरी सदस्यहरु ज्ञानेन्द्र राई, सिताराम गदाइली, निशा राई, सानू माया मगर (महिला), कुमार चौलागाईं, भिम बहादुर मगर रहेका छन् भने प्रचारप्रसार विभाग प्रमुख टिकाराम दर्जी रहेका छन् ।

    त्यस्तै सल्लाहकारमा यादव कुमार खत्री (प्रमुख सल्लाहकार), दिल कुमार मगर (सल्लाहकार), इन्द्र सुनुवार (सल्लाहकार), घनश्याम अधिकारी (सल्लाहकार) रहेका छन् । महाधिवेशन कार्यक्रममा प्रमुख अतिथी संस्थापक शिव कुमार घिमिरे (नेपालबाट) बिशिष्ठ अतिथी प्रदिप घताल (नेपालबाट) र अतिथिहरु भुपाल कार्की (नेपालबाट), दिपक केसी (नेपालबाट), सुजन घिमिरे (नेपालबाट), निराजन खतिवडा (नेपालबाट) दिल बिरही कान्छा (नेपालबाट) रहेका थिए । संस्थाका अध्यक्ष हिरालाल दयाल ज्युले आफ्नो दोश्रो कार्यकालमा साथ र सहयोग गर्ने सम्पुर्ण समिति सदस्य मित्रलाई धन्यवाद ज्ञापन गर्दै समिति भंग भएको घोषणा गरेका थिए ।

    समिति भंग भएको घोषणा भए पछि नयाँ समिति गठन गरिएको हो । कार्यक्रमका उपस्थिति सबै अतिथिहरुबाट नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने पुर्व अध्यक्ष हिरालाल दयाल ज्युले नयाँ कार्यसमिति लाई सपथ ग्रहण गराएका थिए । कार्यक्रम हिरालाल दयाल ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ओखलढुंगा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology