Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

प्रेमिकाकै आग्रहमा जन्ति लिएर लिन गएका यूवाको गाउँलेको कुटाईबाट मृत्यु

प्रेमिकाकै आग्रहमा जन्ति लिएर लिन गएका यूवाको गाउँलेको कुटाईबाट मृत्यु

Sobizpress SuAdmin

Sobizpress SuAdmin

जेठ ११, २०७७ आइतवार • ०६:३२:५४ बजे
  • 940
    SHARES
  • प्रेमिकाकै आग्रहमा जन्ति लिएर लिन गएका यूवाको गाउँलेको कुटाईबाट मृत्यु

    रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट एक युवाको मृत्यु भएको छ। घटना शनिबार राति भएको हो।

    images

    जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक आफ्नी प्रेमिका लिन भनेर १९ जना साथीहरु लिएर चौरजहारी पुगेका थिए। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए।

    केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको प्रनाउ श्रेष्ठले जानकारी दिए। बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।

    गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए।

    उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ । रासस

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology