पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १६१२ जना निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३२५ पुगेको छ ।