स्याङ्जामा एकसाता निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।
जिल्लाका सवै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । आइतवार मात्र स्याङ्जामा ९९ जनामा कोरोना पुष्टि भएको छ ।यो सँगै १०३६ जनामा कोरोना पुष्टि भइसकेको छ भने १८७ जना सक्रिय केस रहेका छन । ८३० जना निको भएर घर फर्केका छन भने १९ जनाको निधन भएको छ ।
तस्बिर : पत्रकार श्रीकृष्ण सिग्देलको फेसबुकबाट
