Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जामा २१ गतेबाट पुर्ण निषेधाज्ञा (लकडाउन) जारी, हेर्नुस जारी सुचना

स्याङ्जामा २१ गतेबाट पुर्ण निषेधाज्ञा (लकडाउन) जारी, हेर्नुस जारी सुचना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १८:१७:५९ बजे
  • 6.7K
    SHARES
  • स्याङ्जामा २१ गतेबाट पुर्ण निषेधाज्ञा (लकडाउन) जारी, हेर्नुस जारी सुचना

    स्याङ्जामा निषेधाज्ञा (लकडाउन) जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले २१ गते बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

    images

    जिल्लाका सवै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । आइतवार मात्र स्याङ्जामा ९९ जनामा कोरोना पुष्टि भएको छ ।यो सँगै १०३६ जनामा कोरोना पुष्टि भइसकेको छ भने १८७ जना सक्रिय केस रहेका छन । ८३० जना निको भएर घर फर्केका छन भने १९ जनाको निधन भएको छ ।

    जारी निषेधाज्ञामा यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुको संचालनमा रोक तर सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनको हकमा यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमनमा बाधा नपर्ने जनाएको छ ।

    यसै गरी औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीका पसलहरु दिनमा १ पटकमात्र बिहान ५:०० बजेबाट ११:०० बजेसम्म मात्र संचालन गर्ने पाउने छ।

    स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

    पछिल्लो समयमा विश्वमा फैलिदै गइरहेको नयाँ भेरियन्टको कोभिड-१९ को महामारी नेपालमा पनि फैलिएको र यस जिल्लामा पनि संक्रमणको दर उच्च भई सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार मन्त्रिपरिपद्को मिति २०७८/०१/१३ को निर्णय तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र [ ०००५४८ ) तथा जिल्ला सुरक्षा समिति स्याङजाको मिति २०७८/०१/१९ को निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०१/२१ गते बिहान ६:०० बजे देखि लागू भई मिति २०७८/०१/३१ गते राति १२:०० बजे सम्म स्याङ्जा जिल्लाभर लागू हुने गरी तपसिल बमोजिमको निषेधाज्ञा आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु गराउनु हुन सबै व्यक्ति, संघ संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ । यदि कोही कसैबाट यो आदेशको उल्लंघन भएका संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२६ बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सवैमा जानकारी गराईन्छ ।

    तपसिल:

    निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनै व्यक्ति घर बाहिर ननिस्कने ।

    सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, मेला महोत्सव गर्न तथा कुनै प्रकारको खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गर्ने ।

    एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने ।

    सरकारी सबारी साधनहरु, प्रेस तथा संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक स्याङ्जा जिल्लाभर यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुको संचालनमा रोक लगाउने । तर सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनको हकमा यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमनमा बाधा नपर्ने ।

    सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाँचघर, क्लब, फुटसल, जिमखाना, ब्युटी पार्लर, शैलुन, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसल लगायतका सेवा एवं स्थलहरु नखोल्ने तथा संचालन नगर्ने ।

    बिवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरुमा घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई २५ जना भन्दा बढी सहभागी हुन नपाईने ।

    औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीका पसलहरु दिनमा १ पटकमात्र बिहान ५:०० बजेबाट ११:०० बजेसम्म मात्र संचालन गर्ने पाउने ।

    स्वास्थ्य सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल, बैक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवा बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायहरुबाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द गर्ने ।

    मठ मन्दिरहरु तथा विभिन्न धार्मिकस्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण सामाजिक, साँस्कृतिक र धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने ।

    syangja.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology