यूरोपेली मुलुकको रोमानियामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) विस्तार भएको छ । रोमानियामा रहेका म्याग्देलीहरुको भेलाले बिजय कुवँरको अध्यक्षमा कार्यसमिति चयन गरेका छन् ।
समितिको बरिष्ठ उपाध्यक्ष डेनिस थापा, उपाध्यक्ष हिमाल सेरपुन्जा महासचिव अजय कुमर श्रेष्ठ, सचिब सेन्स पुर्जा,कोषाध्यक्ष दिल प्रासाद गर्बुजा,सह–कोषाध्यक्ष गोबिन्द बरुबाल रहेका छन् ।
त्यस्तै सदस्यहरूमा धन तिलिज,भबिन गुरुङ, किरण कँडेल,भगवान जि सि, जीवन के सि, खिम ब रोका, लिल ब कर्की, मुक्त महासंकर, ओम पुन, याम माया,घर्ती मगर, सुरज भन्डारी, तारा ब पुर्जा, चित्र मान छ्न्त्याल र बेल ब परियर रहेको मोना अन्तराष्ट्रियका महासचिव बिक्रम कार्कीले जानकारी दिए ।
समितिको सल्लाहकारमा मन सेरपुन्जा र कवि रोका रहेका छन् । यूरोप संयोजक निरोज कार्कीले अनुसार यूरोपभित्र मोनालाई बलियो बनाउने गरी अभियानमा जुटेको बताए ।