Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ छाब्दीमा बिहेभोज खाएका ३५ जना बिरामी, चार जना अलि गम्भीर

तनहुँ छाब्दीमा बिहेभोज खाएका ३५ जना बिरामी, चार जना अलि गम्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २०, २०७८ सोमवार • १०:३१:५० बजे
  • 6.9K
    SHARES
  • तनहुँ छाब्दीमा बिहेभोज खाएका ३५ जना बिरामी, चार जना अलि गम्भीर

    तनहुँ - तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दीमा बिहेभोज खाएका ३५ जना बिरामी परेका छन्। स्थानीय शरणहरि पन्थको घरमा बिहेभोज खाएका गाउँले बिरामी परेका हुन्। बिरामीका पखाला लाग्ने र बान्ता हुने समस्या देखिएको छ। कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको स्थानीयले बताएका छन्।

    images

    शुक्रबार भएको बिहेपछि शनिबार पन्थको घरमा भोज आयोजना गरिएको थियो। बिहे भोजमा सहभागी ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए। चार जना अलि गम्भीर प्रकृतिका बिरामी छन्। उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए।

    बिरामी सबैको आज स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाको स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको जानकारी दिए। रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology