Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

म्याग्दीको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु अर्का घाइते

म्याग्दीको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु अर्का घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २१, २०७८ मंगलवार • १३:३०:५० बजे
  • 631
    SHARES
  • म्याग्दीको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु अर्का घाइते

    म्याग्दी - म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका १ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।

    सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

    उनीहरु बालुवा लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए । बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।रासस

  • सम्बन्धित विषय:

  • # ढुङ्गाले च्यापेर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology