आश तमु, पोखरा - पोखरामा मंगलबार थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।
पोखरा महानगरपालिका २९ का ४५ बर्षीय एक पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा आज निधन भएको हो । उनमा बैशाख १८ गते कोरोना पुष्टि भएको थियो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको सङ्ख्या २३५ पुगेको छ । आज मात्रै चरक मेमोरियल अस्पताल पोखरामा म्याग्दी घर भएका एक पुरुषको उपचारको क्रममा निधन भएको थियो ।
