पोखरा - पोखरामा कास्की प्रहरी जुवाखालबाट ४५ हजार रकम सहित ५ जनालाई पक्राउ गरेको छ । पोखरा ५ जागृती मार्ग स्थित रमेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा पोखरा १७ घारीपाटन बस्ने ३५ वर्षीया माया पुन लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।