Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लमजुङ भुजुङमा माटोको ढिस्कोले लागेर २ महिला घाइते

लमजुङ भुजुङमा माटोको ढिस्कोले लागेर २ महिला घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • ११:००:५३ बजे
  • 760
    SHARES
  • लमजुङ भुजुङमा माटोको ढिस्कोले लागेर २ महिला घाइते

    लमजुङ - लमजुङमा घर पोत्ने माटो लिन जाने क्रममा माटोको ढिस्कोले लागेर २ महिला घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका ३५ बर्षीया चन्द्रकुमारी गुरुङ र ३८ बर्षीया आइती गुरुङ घाइते भएका हुन ।

    images

    जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गाउँ नजिकैको तो ङ्ह्यो भन्ने ठाउँमा घर पोत्ने माटो लिन जाने क्रममा मंगलबार दिउँसो साँढे १२ बजेतिर माटोको ढिस्कोले लागेर घाइते भएको जनाएको छ । माटो निकाल्ने क्रममा माथिबाट एक्कासी आएको ढिस्कोले लागेर चन्द्रकुमारी गुरुङ मध्यम घाइते भएका हुन ।

    चन्द्रकुमारीको दाहिने कुम, खुट्टा फ्याक्चर भएको र जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ भने आइती गुरुङ सामान्य घाइते भएकी छन । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्कि सकेका छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology