पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पर्वत जिल्लाको जलजला गाउँपालिका ७ का ८४ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ। स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।